सीमा क्षेत्रमा सरसामान ल्याउँदा सय रुपैयाँको मापदण्ड लगाएको विरोधमा काठमाडौँको माइतीघर मण्डलमा विरोध प्रदर्शन गरिएको छ।
सोमबार काठमडौँमा रहेका सीमा क्षेत्रका बासिन्दाले प्रदर्शन गरेका हुन्। राष्ट्रिय एकता दलको अगुवाइमा ‘एयरपोर्टमा सुन-रक्सी छुट, गरिबको चामल किन जाँच कुट?’, ‘सीमानाका किसानलाई मल देऊ, उनको श्रमको सम्मान गर देऊ,’ ‘मानव अधिकारको रक्षा गर, दमन होइन न्याय देऊ सरकार’ लगायतका प्लेकार्ड प्रदर्शन गरेका छन्।
सरकारले सीमा क्षेत्रमा सय रुपैयाँको मापदण्ड लगाएको छ। भारतबाट ल्याइने दैनिक उपभोग्य सरसामानमा पनि सय रुपैयाँभन्दा माथि भन्सार शुल्क लिन थालिएको छ। यसले सीमा क्षेत्रका बासिन्दा मर्कामा परेका छन्।







45
Shares

प्रतिक्रिया