राजनीति


मन्त्री हेरफेर गर्न बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

मन्त्री हेरफेर गर्न बालुवाटारमा नेकपा सचिवालय बैठक जारी

नेपालखबर
असोज २९, २०७६ बुधबार ३:२६,

पार्टी एकताको अन्तिम टुंगो लगाउन र नयाँ नियुक्त हुने मन्त्रीका विषयमा छलफल गर्न अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ।

मंगलबार बसेको बैठकले अन्तिम निर्णय गर्न नसकेपछि बालुवाटारमा बुधबार बिहान पुन बैठक बोलाइएको हो।

आजको बैठकमा मन्त्रीमण्डल फेरबदलसँगै सभामुख चयनका विषयमा पनि छलफल हुने नेकपाका एक नेताले बताएका छन्।

०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएर नेकपा बनेपनि एकता प्रक्रिय अझै टुंगिएको छैन।

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण लगत्तै सोमबार बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो। त्यसपछि मंगलबार साँझ सचिवालयको बैठक बसेको थियो।

झण्डै दुई घण्टा बसेको मंगलबारको बैठकले बुधबारको बैठकका एजेण्डा तय गर्नुका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समीक्षा पनि गरेको थियो।

बैठकले पार्टी एकता प्रक्रियाको अन्तिम टुंगो लगाउने नयाँ मन्त्री चयनको विषयमा निर्णय गर्ने नेकपा स्रोतले जनाएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले ६ देखि ८ जना मन्त्री हटाएर नयाँ ल्याउने तयारी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad