फिफा विश्वकप छनोटको दोस्रो चरणमा नेपाल जार्डनसँग ३-० ले पराजित भएको छ।
जोर्डनको अम्मान रंगशालामा पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफको जोर्डन सबै गोल गरेको हो।
५५औं मिनेटमा नेपालका दिनेश राजवंशीले फल गरेपनि जोर्डनले पेनाल्टी पायो। जसलाई फेरहास जायदले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाए।
७८औं मिनेटमा अहमेद अल इर्सानले गोल गर्न सफल भए। उनले लेफ्ट साइडबाट गरेको प्रहारलाई किरण चेम्जोङले बचाउन सकेनन्। ८७औं मिनेटमा नेपालले तेस्रो गोल खायो।
नेपालको कमजोर डिफेन्सको फाइदा उठाउँदै फैसलले हेड मार्फत गोल गरे। जितसँगै जोर्डनले ३ खेलमा ७ अंक बनाएको छ।
उसले ३ मा २ जित र एक बराबरी खेलेको छ। नेपालको ४ खेलमा ३ अंक छ। नेपालले ४ खेलमा ३ हार र १ जित निकालेको छ।

प्रतिक्रिया