राजनीति


उपेन्द्र यादवप्रति राजेन्द्र महतोको आक्रोशः मधेसी एकता भाँड्ने ‘अपराधी’

उपेन्द्र यादवप्रति राजेन्द्र महतोको आक्रोशः मधेसी एकता भाँड्ने ‘अपराधी’

फाइल तस्बिर


शैलेन्द्र महतो
साउन २३, २०७८ शनिबार १८:१०, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवलाई यस पार्टीको आधिकारिता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले मधेसी एकता भत्काउने ‘अपराधी’ भएको आरोप लगाएका छन्। 

शनिबार जनकपुरमा आफ्नो पक्षले आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले मधेसका स्वघोषित रक्षक यादव वास्तवमा भक्षक भएको आरोप लगाएका हुन्। 

‘मधेस र मधेसी जनताको भावनामाथि ठूलो कुठाराघात भएको छ। अधिकार, पहिचान र आत्मसम्मानका लागि मधेसी जनताले सधैं  मधेसवादीको एकता चाहे। तर त्यही भावनाअनुसार एक भएका मधेसवादी दललाई उपेन्द्र यादवले फोड्ने काम गरेका छन्,’ नेता महतोले गर्जिंदै भने, ‘स्वघोषित रक्षक भन्ने उपेन्द्र यादव मधेस र मधेसीका भक्षक हुन्। उनले मधेसी एकतालाई खण्डित गर्ने अपराध गरेका छन्।’ 

नेता महतोले पार्टीभित्र अन्तरद्वन्द्व, मतभिन्नता, विवाद, वैचारिक लडाइँ हुनु स्वाभाविक रहेको बताउँदै पार्टीलाई नै छिन्नभिन्न पार्ने काम ठीक नभएको बताए। 

मधेसी एकताका लागि आफूहरूले पटकपटक प्रयास गरेको दाबी गर्दै नेता महतोले मधेस र मधेसीको हक अधिकारका लागि लडिरहने उद्घोष पनि गरे। 

मधेसी एकता भाँड्ने कामले मधेस आन्दोलन, सहिद र मधेसी नागरिकप्रति ठूलो धोका भएको उनकाे दाबी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .