सत्तारुढ नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्ति समान देखिएको टिप्पणी गरेका छन्।
सरकारले दल विभाजनसम्बन्धी अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि उनले दुवैको प्रवृत्ति समान देखिएको टिप्पणी गरेका हुन्।
नेता पौडेलले ट्विटरमा संसद अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश विगतको प्रवृत्तिभन्दा फरक नभएको बताएका छन्। उनले संविधानविपरीत कामलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार भएको पनि बताएका छन्।
‘हिजो ओलीले संसद छलेर अध्यादेश ल्याउँदा हामी प्रतिपक्षमा थियौं । उनले गलत गरे, हामी त्यसको डटेर प्रतिकार गर्यौं,’ नेता पौडेलले लेखेका छन्, ‘आज संसद अधिवेशन अन्त्य गरेर सरकारले ल्याएको अध्यादेश हिजोको प्रवृत्तिभन्दा फरक छैन। असंवैधानिक काम गर्ने जो कोहीलाई ढाकछोप गर्नु लोकतन्त्र र संविधानमाथिको प्रहार हो।’
Shares
प्रतिक्रिया