ad ad

राजनीति


जिल्ला सभापतिहरुको रिले अनशन आज पनि जारी

जिल्ला सभापतिहरुको रिले अनशन आज पनि जारी

नेपालखबर
भदौ १२, २०७८ शनिबार १६:४०, काठमाडौँ

नेपाली कांग्रेसका शीर्ष नेतृत्वबीच माग सम्बोधन गर्ने सहमति भइसके पनि जिल्ला सभापतिहरुको रिले अनशन जारी छ। 

प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच माग सम्बोधन गर्ने सहमति भए पनि जिल्ला सभापतिहरुले रिले अनशन जारी राखेका छन्। 

अनशन टुटाउने जिम्मेवारी पाएको पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदल सानेपा नपुगेका कारण रिले अनशन जारी राखिएको नुवाकोट सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए। 

उनकाअनुसार शनिबार (आज) उदयपुरका सभापति विदुर बस्नेत, संखुवासभाका सभापति दिपन श्रेष्ठ र काठमाडौंका सभापति कृष्ण सबुज बानियाँ रिले अनशनमा बसिरहेका छन्। 

उनीहरुलाई नेताहरु गोमा केसी र प्रतिमा गौतमले साथ दिइरहेका छन्। 

क्रियाशील सदस्यताको नामावली सार्वजकि गर्नुपर्ने लगायतका तीन बुँदे मागहरु अघि सारेर पौडेल समूहमा आवद्ध जिल्ला सभापतिहरु भदौ ९ बाट रिले अनशनमा छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .