ad ad

राजनीति


एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी

एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलको नेतामा दीर्घ सोडारी

नेता दीर्घ साेडारी, बायाँबाट दाेस्राे


गोकुल जोशी
भदौ २९, २०७८ मंगलबार १८:१९, महेन्द्रनगर

माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्।

एकीकृत समाजवादीका सांसद तारालामा तामाङ्गले दलको नेतामा सोडारी चयन भएको जानकारी दिए।

मंगलवार बसेको धनगढीमा बसेको संसदीय दलको बैठकले सोडारीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो।

सोडारी तत्कालीन नेकपा एमालेका कैलालीका अध्यक्ष थिए। पछि एमाले विभाजनमा उनी एकीकृत समाजवादीतिर लागेका थिए।

अहिले उनले सुदूरपश्चिम प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्रालय पनि सम्हालिरहेका छन्।

नेकपा एमाले विभाजन पछि एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभामा सबै भन्दा ठूलो दल बनेको छ।

५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११ तथा जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .