ad ad

राजनीति


गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीको डोटी संयोजकमा चयन

गाउँपालिका अध्यक्ष एकीकृत समाजवादीको डोटी संयोजकमा चयन

नेपालखबर
असोज १२, २०७८ मंगलबार ९:४४, काठमाडौँ

माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी) ले डोटी जिल्ला कमिटी घोषणा गरेको छ। 

एकीकृत समाजवादीले पूर्वीचौकी गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीको संयोजकत्वमा १०५ सदस्यीय जिल्ला कमिटी घोषणा गरेको हो।

जिल्ला सदरमुकाम सिलगढीमा रहेको दिपायल सिलगढी नगरपालिकाको सभाहलमा कार्यक्रम आयोजना गरी पार्टीको जिल्ला कमिटी घोषणा गरिएको हो।

कार्यक्रम केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीको प्रमुख आतिथ्यमा भएको थियो।

दीर्घराज बोगटी नेकपा (एमाले) मा हुँदा जिल्ला कमिटी सचिवालय सदस्य थिए। बोगटी नेकपा एमालेबाटै विसं २०७४ को स्थानीय तह निर्वाचनमा डोटीको पूर्वीचौकी गाउँपालिकामा अध्यक्ष निर्वाचित भएका थिए।

यसैगरी उक्त पार्टीले जानकी भट्टको संयोजकत्वमा अखिल नेपाल महिला सङ्गठनको ३७ सदस्यीय जिल्ला कमिटी पनि गरेको छ।

त्यस्तै महेन्द्र कुँवरको संयोजकत्वमा ४१ सदस्यीय राष्ट्रिय युवक सङ्गठनको जिल्ला कमिटी पनि गठन गरिएको एकीकृत समाजवादीका जिल्ला कमिटी सदस्य तथा पूर्वसांसद मोहनबहादुर बमले जानकारी दिए।

डोटीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री प्रेमबहादुर आले, संविधानसभा सदस्य हर्कबहादुर सिंह, पूर्वसांसद मोहन बम, सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री जोशी, दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख शिजराज खड्कालगायत जनप्रतिनिधि एवं नेताले एमाले छाडेर एकीकृत समाजवादी पार्टीमा लागेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .