राजनीति


लुम्बिनी सरकारले प्रादेशिक अस्पतालका मेसु खनाललाई हटायो

लुम्बिनी सरकारले प्रादेशिक अस्पतालका मेसु खनाललाई हटायो

सुदीप भण्डारी
असोज १४, २०७८ बिहिबार २१:५३, काठमाडौँ

लुम्बिनी प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाललाई हटाएको छ। बिहीबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले डा. खनाललाई कोभिड विशेष अस्पताल सञ्चालन तथा व्यवस्थापन निर्देशक समितिको संयोजकको जिम्मेवारी दिँदै डा. इन्द्र ढकाललाई प्रादेशिक अस्पतालको निमित्त मेडिकल सुपरिटन्डेन्ट तोकेको हो। 

यसअघि शंकर पोखरेल नेतृत्वको सरकारले पनि विदा हुँदै गर्दा प्रादेशिक अस्पतालका मेसु खनाललाई हटाएर डा. इन्द्र ढकाललाई मेसु तोकेको थियो। 

नयाँ सरकार आएपछि शंकर पोखरेल नेतृत्वको सरकारले गरेको निर्णय तत्कालीन प्रमुख सचिवले प्रमाणित नगर्दा कार्यान्वयन भएको थिएन। त्यसको झण्डै डेढ महिनापछि कुलप्रसाद केसी नेतृत्वको सरकारले पनि उही निर्णय गरेको छ।

प्रदेश मन्त्रिपरिषदले प्रादेशिक राजधानीको लागि समन्वय र सहजीकरण गर्न कार्यदल गठन गरेको छ। पर्यटन तथा सहरी विकास मन्त्रालयका सचिवको संयोजकत्वको कार्यदलले राजधानीको पूर्वाधार निर्माण गर्न पूर्वाधार निर्माण गर्न आवश्यक जग्गा प्राप्तिका लागि सम्बन्धित निकाय एवम् सरोकारवालाहरुसँग समन्वय र सहजीकरण गर्ने प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले जानकारी दिए। 

बाँके जिल्लाको बैजनाथ गाउँपालिका, रुकुम (पूर्व) जिल्लाको भूमे तथा पुथा उत्तरगंगा गाउँपालिकाका वडाहरुलाई थपघट/समायोजन गर्ने र पाल्पा जिल्ला बगनासकाली गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने सम्बन्धी प्राप्त प्रस्ताव नेपाल सरकार समक्ष पठाउने निर्णय पनि लुम्बिनी सरकारले गरेको छ। 

कृषि विकाससम्बन्धी प्रादेशिक रणनीतिको मस्यौदा,  प्रदेशको शिक्षा सम्बन्धी प्रादेशिक नीतिको मस्यौदा तर्जुमा गर्ने निर्णय भएको प्रवक्ता खड्काले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .