ad ad

राजनीति


मन्त्रीको नाम टुंगो लगाउन जसपाका शीर्ष नेता बिहानैदेखि छलफलमा, को को छन् सूचीमा?

मन्त्रीको नाम टुंगो लगाउन जसपाका शीर्ष नेता बिहानैदेखि छलफलमा, को को छन् सूचीमा?

फाइल तस्बिर


शैलेन्द्र महतो
असोज २१, २०७८ बिहिबार ८:२५, काठमाडौँ

आफ्ना तर्फबाट सरकारमा सहभागी गराउने मन्त्रीको नाम टुंगो लगाउन अहिले जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरूको बैठक बसिरहेको छ। 

सरकारमा ककसलाई पठाउने भनेर निश्चित गर्न बिहान ८ बजेदेखि सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा अध्यक्षसहित तीन शीर्ष नेताको बैठक बसिरहेको हो। 

अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राई मन्त्रीको नाम टुंगो लगाउन बैठकमा बसिरहेकाे जसपाका एक सांसदले जानकारी दिए। 

जसपाले मन्त्री छान्न यिनै शीर्ष तीन नेतालाई जिम्मेवारी दिएको हो।  

जसपाले पाउने चार मन्त्रीमध्ये दुई जनाको नाम करिब करिब टुंगो लागेको ती सांसदकाे दाबी छ।

महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठलाई मन्त्री बनाउने लगभग पक्का भएको बताइएको छ।

इस्तियाक राई र अम्रिता अग्रहरिमध्ये एकजना र अन्य एक जनाको नाम टुंगो लगाउन बाँकी छ। 

ती सांसदले नेपालखबरसँग भने, ‘अहिले अध्यक्षसहित तीन शीर्ष नेताको बैठक बसिरहेको छ। त्यसबाट टुंगो लाग्छ।’ 

शेरबहादुर देउवा नेतृत्वको सरकारमा जान जसपाको भागमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय परेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .