ad ad

राजनीति


मुख्यमन्त्री राउतले लिए जानकी मन्दिरका महन्थसँग आशिर्वाद

मुख्यमन्त्री राउतले लिए जानकी मन्दिरका महन्थसँग आशिर्वाद

शैलेन्द्र महतो
असोज २१, २०७८ बिहिबार १७:२१, जनकपुरधाम

दुई तिहाइ विश्वासको मत प्राप्त गरेपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जानकी मन्दिरका महन्थसँग आशीर्वाद लिएका छन्।

मुख्यमन्त्री राउत बिहीबार दिउँसो जानकी मन्दिर पुगेर महन्थ रामतपेश्वर दाससँग आशीर्वाद लिएका हुन्। 

प्रमुख सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजन भएपछि बुधबार मुख्यमन्त्री राउतले विश्वासका मत प्राप्त गरेका थिए। उनले प्रदेश सभामा कायम १०४ प्रदेश सभा सदस्य मध्ये ७७ मत प्राप्त गरेका थिए। 

प्रदेश २ सरकारले मदरसा विधेयक ल्याएपछि मुख्यमन्त्री राउतमाथि प्रदेशलाई तालिबान बनाउन लागेको आरोप लाग्ने गरेको छ। राउत विरुद्ध आन्दोलन समेत हुने गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .