ad ad

राजनीति


लुम्बिनीमा पनि केन्द्रकै रोग, कांग्रेसले टुंग्याउन नसकेपछि रोकियो मन्त्रिपरिषद विस्तार

लुम्बिनीमा पनि केन्द्रकै रोग, कांग्रेसले टुंग्याउन नसकेपछि रोकियो मन्त्रिपरिषद विस्तार

सुदीप भण्डारी
असोज २२, २०७८ शुक्रबार १२:५३, रुपन्देही

लुम्बिनी प्रदेशमा शुक्ररबा हुने भनिएको मन्त्रिपरिषद विस्तार नहुने भएको छ। सत्ता गठबन्धनको कांग्रेसले मन्त्री बन्नेको नाम टुंग्याउन नसक्दा आज मन्त्रिपरिषद विस्तार नहुने भएको हो। 

कांग्रेसमा बाँकेका सुरेन्द्र हमाल र रुपन्देहीका बसिउद्धिन खालाई मन्त्री बनाउने सहमति भएको थियो।

 तर थप एक मन्त्री रुपन्देहीका अष्टभुजा पाठक र पाल्पाका वीरबहादुर रानामध्ये कसलाई दिने भन्नेमा टुंगो लागेको छैन। 

दुई जना राज्यमन्त्रीमा पनि सहमती बनेको छैन। राज्यमन्त्रीमा अर्घाखाँचीकी निर्मला क्षेत्री, कपिलबस्तुकी रिना नेपाल र दाङका अर्जुन श्रेष्ठले दाबी गरेका छन्। 

कांग्रेसले प्रदेशमा नाम टुंग्याउन नसक्दा केन्द्रको जिम्ममा छोडिएको छ। मन्त्री टुंगो लगाउन कांग्रेस संसदीय दलको नेता वीरेन्द्र कनौडिया काठमाडौं जाने एक सांसदले बताए।

 'हामीले यस्तै राजनीतिक संस्कारको अभ्यास गरेका छौं। अब केन्द्रकै सहयोग लिनुपर्ने देखियो', ती सांसदले भने 'दलका नेता बेलुका काठमाडौं जानुहुन्छ। केन्द्रसँगको सहकार्यमा भोलिसम्म टुंगो लगाएर आइतबार सपथ गराउने तय भएको छ।' 

मुख्यमन्त्री कुलप्रसाद केशीका प्रेस सल्लाहकार मानसिंह विकले पनि शुक्रबार सपथग्रहण नहुने जानकारी दिए। '११ बजेसम्म हुने तय भएको थियो। अब नहुने जानकारी आयो',  उनले भने। 

माओवादी केन्द्रले पार्टीबाट मन्त्रीबन्नेको टुंगो लगाइसकेको छ। कांग्रेसले टुंगो लगाए आजै सपथग्रहण गराउने मुख्यमन्त्री कुलप्रसाद केसीले तयारी गरेका थिए। 

माओवादी केन्द्रबाट दाङका इन्द्रजित थारु र बर्दियाका तिलकराम शर्मालाई मन्त्री बनाउने निर्णय भएको छ।

राज्यमन्त्रीमा विमलाकुमारी खत्री वली जाने छिन्। माओवादीको भागमा थप तीन मन्त्रालय परेको भएपनि एउटा मन्त्रालय  नेकपा एकिकृत समाजवादीलाई दिनुपर्ने भएकाले २ मन्त्री मात्र पठाउने भएको हो। 

एउटा मन्त्रालय एकिकृत समाजवादीलाई दिने भएपछि अन्तिम समयमा प्रमुख सचेतक समेत पाल्पाका तुलाराम घर्तीको नाम हटेको छ। नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी रमा घर्ती मन्त्री बन्दैछिन्। 

साउन २८ गते मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले दुई महिना हुन लाग्दा पनि मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .