प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटामा मन्त्री बनेको भन्दै आलोचना खेपिरहेका उद्योगमन्त्री गजेन्द्र हमालले राजीनामा दिने भएका छन्।
चौतर्फी आलोचना भइरहेकाले आफू विवादमा नफस्ने भन्दै उनले मन्त्री पदबाट राजीनामा दिने बताएका हुन्।
‘किन व्यक्तिगत विवादमा फस्नु, साथीहरू, नेताहरूले त राजीनामा नदिनू भनिरहेका छन्, तर म आजै राजीनामा दिन्छु,’ मन्त्री हमालका नजिकका एक नातेदारले उनको भनाइ उधृत गर्दै नेपालखबरसँग भने, ‘पत्रपत्रिका, सञ्चारमाध्यमलाई भनिदिए हुन्छ, नत्र फेरि शेरबहादुरजीले राजीनामा स्वीकृत गर्दैनन्। सञ्चारमाध्यममा आएपछि स्वीकृत गर्न बाध्य हुन्छन्।’
1.4k
Shares
प्रतिक्रिया