ad ad

राजनीति


महोत्तरीका एक वडाध्यक्ष घुससहित पक्राउ

महोत्तरीका एक वडाध्यक्ष घुससहित पक्राउ

शैलेन्द्र महतो
असोज २४, २०७८ आइतबार २०:४, काठमाडौँ

महोत्तरीबाट १० हजार रुपैयाँ घुससहित एक वडाध्यक्ष पक्राउ परेका छन्। 

मटिहानी नगरपालिका वडा नम्बर–५ का वडाध्यक्ष रामबहादुर महतोलाई आइतबार १० हजार घुससहित अख्तियारले पक्राउ गरेको हो।  

जन्मदर्ता प्रमाणितको सिफारिस दिए बापत १० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडाध्यक्ष महतोलाई रंगेहात पक्राउ गरेको हो।

महतोलाई १० हजार रुपैयाँ लिइसकेको अवस्थामा रकमसहित उनकै कार्यकक्षबाट नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ।

वडाध्यक्ष महतोसँगै सहायक कम्प्युटर अपरेटर अव्दुल राईन समेत पक्राउ परेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .