पूर्वअर्थसचिव रामेश्वर खनालले माओवादी पार्टीविरुद्ध विष वमन गरेका छन्।
उनले माओवादी नै देश विकासको बाधक भएको आरोप लगाउँदै यो ‘सखाप’ नभईकन नेपाली जनताले सुख नपाउने दाबी गरेका छन्।
‘प्रतिव्यक्ति आम्दानी एक बित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे’, पूर्वअर्थसचिव खनालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिनँ म त।’
उनले अगाडि भनेका छन्, ‘डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ!’
सुरुमा ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला? कसैको अनुमान? नाटक अली लामै भयो त’ लेखेका उनले दसैंको शुभकामनासमेत यसरी दिएका छन्, ‘बडा दसैं २०७८ को अन्तिम दिनको शुभकामना : आगामी चुनावमा कसैलाई पनि माओवादी पार्टीलाई मत दिने अवस्था उत्पन्न नहोस्। बन्धनबाट मुक्ति मिलोस्। व्यक्तिगत स्वतन्त्रता सर्वमान्य होस्।’
खनाल त्यही व्यक्ति हुन् जो तत्कालीन माओवादी पार्टीबाटै प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकार बनेका थिए।



Shares

प्रतिक्रिया