प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले १४ औँ महाधिवेशन मिति फेरि हेरफेर गरेको छ।
पार्टी कार्यालय सानेपामा बिहीबार बसेको महादेव यादव नेतृत्वको केन्द्रीय निर्वाचन समितिले नयाँ महाधिवेशन मिति आगामी मंसिर २४, २५ र २६ गतेलाई तोकेको हो।
कांग्रेसले यसअघि छैटौँ पटक महाधिवेशन मिति सारेर आगामी मंसिर ९ देखि १३ मा गर्न भनेको थियो। तर फेरि महाधिवेशन मिति संशोधन भएको हो।
बाँकी रहेका गाउँ/नगरपालिका अधिवेशन कांग्रेसले कात्तिक ३० मा गर्ने भएको छ। त्यसैगरी प्रदेश सभा क्षेत्रीय अधिवेशन मंसिर ३ गते हुनेछ।
एक मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लाको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन आगामी मंसिर ६ गते हुने तय गरिएको छ।
एक भन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन मंसिर १० गते हुने भएको छ।
तीन हिमाली जिल्ला सोलुखुम्बु, दार्चुला र म्याग्दीमा प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी कात्तिक २७ गते हुने भएको छ। त्यस्तै जिल्ला अधिवेशन मंसिर १ गतेलाई तय गरिएको छ। जुम्ला जिल्ला अधिवेशन पनि मंसिर १ गते नै हुने भएको छ।
हेर्नुस् महाधिवेशन तालिका

Shares

प्रतिक्रिया