इटहरी : सुनसरी एमालेमा २०७५ जेठ २ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले उग्र रुप लिएको छ।
इनरुवास्थित ओमसाई पार्टी प्यालेसमा बुधबार बस्ने भनिएको बैठकमै एकआपसमा माइक खोसाखोस भएको छ।
जेठ २ अघिका अध्यक्ष रमेश बस्नेत र पछिल्लो पटकका अध्यक्ष रेवतीरमण भण्डारीको समूहबीच विवाद भएपछि बुधबार दुवैजनालाई 'व्याक' गरेर पार्टी इन्चार्ज धर्म निरौलाले बैठकको अध्यक्षता गरेका थिए।
अध्यक्षता गरेर निरौलाले बोल्ने क्रममा इटहरी उपमहानगरपालिका मेयर एवम् पार्टीका पूर्व जिल्ला अध्यक्ष द्वारिकलाल चौधरीले माइक खोसेका छन्।
अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथि नहुने भन्दै चौधरीले माइक खोसेका थिए। चौधरीले माइक खोसेपछि बैठकस्थलमा तनाव उत्पन्न भएको छ।
चौधरीको हातबाट पुन माइक खोस्न कार्यकर्ताहरु मञ्चमै चढेपछि त्यहीँ थप विवाद भएको छ। माइक खोसेपछि चौधरी कार्यक्रमस्थलबाट हिँडेका छन्। उनले उक्त बैठक बहिष्कार गरेको बताएका छन्।
उनले सुनसरी एमालेको विवादलाई लिएर पत्रकार सम्मेलन तयारी गरेका छन्। चौधरीले माइक खोसे पनि बैठक अघि बढिसकेको छ।
भिडियो
Shares
प्रतिक्रिया