राजनीति


मुख्यमन्त्री कार्यालयले गरेको साइकल खरिदमा भ्रष्टाचार देखियो : अख्तियार

मुख्यमन्त्री कार्यालयले गरेको साइकल खरिदमा भ्रष्टाचार देखियो : अख्तियार

कृष्णप्रसाद सापकोटा


शैलेन्द्र महतो
कात्तिक २९, २०७८ सोमबार १६:२१, काठमाडौँ

प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार देखिएको अख्तियारले जनाएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको पुष्टि गरेका छन्। 

जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसन्धानमा भ्रष्टाचार देखिएको छ। प्रारम्भिक अनुसन्धान टुंगिएको छ। दोश्रो चरणको विस्तृत अनुसन्धान सुरु भएको छ। त्यसमा छुट्टै अनुसन्धान अधिकृत नियुक्ति भएको छ।’

उनले दाेस्राे चरणकाे अनुसन्धानमा पनि अनियमितता देखिए संलग्न पदाधिकारीमाथि कारबाही हुने स्पष्ट पारे।

‘अब विस्तृतमा छानबिन र अनुसन्धान हुन्छ। यदि त्यसमा पनि अनियमितता भ्रष्टाचार देखियो भने त्यसमा संलग्न पदाधिकारी अधिकारी उपर भ्रष्टाचारको कसुरमा मुद्दा दायर हुन्छ’ उनले भने।

उनले विस्तृत अनुसन्धान साइकल खरिदमा संलग्न अधिकारीहरुलाई छुट्टाछुट्टै बोलाएर बयान लिने भएकोले डेढदेखि दुई महिना समय लाग्ने बताए।

गएको असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो।

जस्को प्रदेश २ सरकारले चर्को आलोचना गरेको थियो भने प्रमुख सत्तारुढ  जनता समाजवादी पार्टीले मुख्यमन्त्रीको बचाउमा अख्तियार विरुद्ध आन्दोलन नै गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .