राजनीति


देवपुरा रुपैठाको विवाद समाधान गर्न सात बुँदे सहमति, निषेधाज्ञा हटाउने तयारी

देवपुरा रुपैठाको विवाद समाधान गर्न सात बुँदे सहमति, निषेधाज्ञा हटाउने तयारी

शैलेन्द्र महतो
कात्तिक २९, २०७८ सोमबार १७:३६, काठमाडौँ

जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा दुई समुदायबीच भड्किएको साम्प्रदायिक विवाद साम्य भएको छ।

छठघाट निर्माण विषयमा हिन्दु र मुस्लिम समुदायबीच विवाद सुरु भएर झडपमा परिणत भएपछि गएको शनिबार दिउँसो २ बजेदेखि मंगलबार राति १० बजेसम्मको लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो।

सोमबार जिल्ला प्रशासन कार्यालयल धनुषामा दुवै पक्षबीच ७ बुँदे सहमति भएपछि त्यहाँको अवस्था समान्य बन्न लागेको हो। 

स्थानीय प्रशासनको पहलमा दुवै पक्षसँग व्यापक छलफलपछि सोमबार सात बुँदे सहमति भएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए। 

उनका अनुसार तेलिया पोखरी अबदेखि जनकपुरधाम उपमहानगरपालिकाको अधिनमा रहने, सो पोखरीको सम्पूर्ण व्यवस्थापन पालिकाले नै रेखदेख तथा संरक्षण गर्ने, धार्मिक सद्भाव कायम राख्ने, जनकपुरधाम उपमहानगरपालिकाका नगर उपप्रमुख रिता मिश्रको संयोजकत्वमा सहमति कार्यान्वयनका लागि दुई पक्षबाट चार–चार सदस्य रहने गरी समिति गठन गरिएको छ।

सात बुँदे सहमति पश्चात् प्रशासनले निषेधाज्ञा हटाउने तयारी गरेको प्रजिअ बास्तोलाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .