ad ad

राजनीति


विप्लवको नेपाल बन्दमा सोह्रखुट्टेको यो दृश्य (फोटो फिचर)

विप्लवको नेपाल बन्दमा सोह्रखुट्टेको यो दृश्य (फोटो फिचर)

बन्द गराउँदै हिँडेका विप्लवका कार्यकर्ता र पक्राउ गर्न पुगेको प्रहरी भ्यान। तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
कात्तिक ३०, २०७८ मंगलबार १४:०, काठमाडौँ

पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेपाल नेकपाले मंगलबार नेपाल बन्द घोषणा गर्यो।

२०७७ फागुन २१ गते शान्तिपूर्ण राजनीतिमा फर्किएयता विप्लवका कार्यकर्ताले बेला बेला शक्ति प्रदर्शन गर्दै आएका छन्। 

सरकारले हालै पेट्रोलियम पदार्थको मूल्य बढाएपछि विप्लवले त्यसविरुद्ध नेपाल बन्द गरेर शक्ति देखाउन खोजे।

विप्लवका कार्यकर्ताहरु काठमाडौंका तीनै जिल्लादेखि देशभर नै बन्द गराउन सडकमा उत्रिए।

त्यही क्रममा विप्लवका कार्यकर्ताहरु मंगलबार बिहानैदेखि राजधानीको सोह्रखुट्टे क्षेत्रमा पनि बन्द गर्न उत्रिए। उनीहरूले सडकमै टायर बालेर सवारीसाधनलाई अवरोध गरे।

त्यसक्रममा सडक आवागमन रोकिँदा प्रहरीले हस्तक्षेप गरेर विप्लवका केही कार्यकर्तालाई पक्राउ गरेको छ। 

राजधानीबाट मात्रै २ दर्जनभन्दा धेरै विप्लवका कार्यकर्ता पक्राउ परेका छन्। केही स्थानमा बसमाथि तोडफोड भएबाहेक अप्रिय घटना नभएका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेश बस्नेतले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .