नेपाल भ्रमणमा रहेका भारतीय योग गुरु बाबा रामदेवलाई आज (आइतबार) सरकारले सम्मान गरेको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको सक्रियता तथा मन्त्रालयको आयोजनामा पशुपतिनाथ क्षेत्रस्थित हंशमण्डपमा आज बिहान निःशुल्क योग शिविरपछि रामदेवलाई सम्मान गरिएको हो।
यो पनि : पशुपतिमा बिहानै योग सिकाउँदै बाबा रामदेव (तस्बिरहरू)
मन्त्रालयका अनुसार मन्त्री आलेले योगगुरु रामदेव तथा आचार्य बालकृष्णलाई मन्त्रालयका तर्फबाट सम्मान गरेका हुन्।
933
Shares
प्रतिक्रिया