राजनीति


चिनियाँ राजदूत ट्विटरमा

चिनियाँ राजदूत ट्विटरमा

नेपालखबर
असार ६, २०७६ शुक्रबार ४:३६,

 नेपालका लागि चिनियाँ राजदूत होउ यानछीले सामाजिक सञ्जाल ट्विटर अकाउन्ट खोलेकी छिन्। ट्विटरले नेपालको नीति निर्माण तथा राजनीतिक बहसमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको सन्दर्भमा चिनियाँ राजदूत ट्विटरमा आएकी हुन्।

काठमाडौंस्थित चिनियाँ दूतावासले राजदूतको ट्विटर ह्यान्डल सार्वजनिक गर्दै दूतावासका गतिविधिका लागि त्यससँग जोडिन आग्रह गरेको छ। उनको ट्विटर ह्यान्डल @PRCAmbNepal रहेको छ।

काठमाडौंस्थित अमेरिका, भारत, युरोपेली मुलुकका दूतावास एवं राष्ट्रसंघीय नियोगहरु ट्विटरमा छन्। उनीहरुले नेपालका आर्थिक, सामाजिक तथा राजनीतिक बहसलाई ट्विटरबाट नियाल्ने गरेका छन्। आफ्ना गतिविधि पनि ट्विटरमार्फत् मिडिया एवं सर्वसाधारण समक्ष पुर्ययाउँदै आएका छन्। कतिपय अवस्थामा सञ्चारकर्मी एवं सर्वसाधारणका सावलको ट्विटरबाटै जावफ समेत दिने गरेका छन्।

चिनियाँ दूतावास भने अहिलेसम्म अमेरिका केन्द्रित सामाजिक सञ्जाल ट्विटरमा थिएन।

राजदूत यानछीले पहिलो ट्विट बिहीबार भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सम्बन्धी एउटा कार्यक्रमबारे गरेकी छिन्। 'बीआरआई अन्तर्गत रहेर चीनले छिमेकी एवं दक्षिण एशियाली मुलुकको सामाजिक तथा आर्थिक विकास गर्न सहयोग गर्नेछ', उनले भनेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad