राजनीति


घनश्याम भुसाल पनि उम्मेदवारी घोषणा गर्दै, अध्यक्षपछिका तीनमध्ये एक पद रोजाईमा

घनश्याम भुसाल पनि उम्मेदवारी घोषणा गर्दै, अध्यक्षपछिका तीनमध्ये एक पद रोजाईमा

फाइल फोटो


नेपालखबर
मंसिर ६, २०७८ सोमबार १७:१३, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले मंसिर १०-१२ सम्म चितवनमा हुने दशौँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दिने तयारी गरेका छन्। 

पदाधिकारीको शक्तिशाली पदमै उम्मेदवारी दिने घोषणा उनले चाँडै गर्ने तयारी गरेका छन्। 

उपाध्यक्ष भीम रावलले आइतबार अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्। 

नवौँ महाधिवेशनमा उपमहासचिव पदमा निर्वाचित भएका भुसाल अहिले उम्मेदवारीबारे आन्तरिक छलफलमा रहेको उनको सचिवालयले जनाएको छ।

‘अहिलेसम्म यही विषयमा उठ्ने भन्ने निश्चित भइसकेको छैन,’ सचिवालयका शालिकराम भण्डारीले नेपालखबरसँग भने, ‘वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष वा महासचिव मध्ये कुनै एकमा उम्मेदवारी दिनुहुनेछ।’

अहिले पनि सल्लाह गर्दै रहेकाले कुन पदमा दिने भन्ने एकीन भइनसकेको र सबैसँग छलफल गरेर छिट्टै घोषणा गर्ने भण्डारीले बताए।

अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरिरहेका बेला भुसालले उम्मेदवारी दिनैपर्ने निष्कर्ष निकालेका हुन्। 

‘उम्मेदवारी दिने कन्फम हो,’ भण्डारीले थपे, ‘अब उम्मेदवारी कहिले घोषणा गर्ने हो त्यो छलफलपछि टुंगो लाग्छ।’

माधव नेपालसँग नगई एमालेमै बसेका दश नेतामध्येका भूसालले उम्मेदवारी घोषणा गरे एमालेमा सबै पदमा चुनाव हुने देखिन्छ। 

एमालेको दसौँ महाधिवेशनबाट अध्यक्षसहित १५ पदाधिकारी र केन्द्रीय समिति निर्वाचित हुँदैछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .