नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदारले आफ्नो गृहक्षेत्रको मनोनयन दर्ताको मिति सारेका छन्। गच्छदारको गृह क्षेत्र सुनसरी ३ मा आज हुने मनोनयनलाई मंगलबारको लागि सारेका हुन्।
सहमतिमा मनोनयन गराउने भन्दै गच्छदारले दबाब दिएपछि निर्वाचन कार्यतालिका सरेको हो। लामो समयदेखि सहमतिको प्रयास गरेका उनले सोमबारको मनोनयन दर्ता रोकेका थिए।
सुनसरीमा सोमबार बिहान १० बजे तोकिएको मनोनयन दर्ता गर्न पुगेका सो क्षेत्रका नेता कार्यकर्ताहरु त्यत्तिकै फर्किए। मंगलबार विहान १० बजे मनोनयन दर्ता गराउने भन्दै निर्वाचन समितिले सूचना टाँस गरेर निर्वाचन कार्यतालिका सारेको हो।
पार्टी नेतृत्वबाट एकदिन निर्वाचन सार्न अनुरोध आएपछि कार्यतालिका सारेको निर्वाचन अधिकृत वेदनारायण यादवले बताए। विजय कुमार गच्छदारले पनि फोन गरेर भोलि सहमतिको लिस्ट लिएर आउने भनेपनि एक दिनलाई सारिएको उनको भनाई छ।
उता गच्छदारले भने घरैमा कार्यकर्तालाई बोलाएर सहमतिको लागि दबाब दिँदै आएका छन्। दुई सातादेखि घरैमा कार्यकर्ताको भेला गर्दै आएका उनले संघीय निर्वाचन क्षेत्रको पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि एकमुष्ट सहमति गराउने तयारी गरेका छन्।
आइतबार मात्रै पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालेनै सहमतिमा अधिवेशन सम्पन्न आग्रह गरेका थिए।
Shares
प्रतिक्रिया