ad ad

राजनीति


कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति महाधिवेशन प्रतिनिधिमा पराजित, देउवा खेमाबाट १ मात्रै विजयी

कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति महाधिवेशन प्रतिनिधिमा पराजित, देउवा खेमाबाट १ मात्रै विजयी

नेपालखबर
मंसिर ७, २०७८ मंगलबार १०:१९, काठमाडौँ

नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति कुमार राना महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। 

स्याङ्जा १ बाट कांग्रेस महाधिवेशन प्रतिनिधि उम्मेद्वार बनेका राना चुनावमा पराजित भएका हुन्।

स्याङ्जा १ बाट २५ महाधिवेशन प्रतिनिधि चयन हुँदा सभापति शेरबहादुर देउवा प्यानबाट १ जना मात्रै विजयी भएका छन्। कांग्रेस संस्थापन पक्षबाट भूमिबहादुर गुरुङ ‘विश्व’ मात्रै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। गुरुङ कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य हुन्।

स्याङ्जा १ बाट अजित अधिकारी, इन्द्र बहादुर गोदार, इन्द्रबहादुर रिजाल, केशवराज लम्साल, गोविन्द कुमार कर्माचार्य, गोविन्द बहादुर रानाभाट, डिमबहादुर क्षेत्री, डोलबहादुर खड्का, तुलसी गिरी, दीर्घ नारायण शर्मा, दीपक शर्मा वाग्ले, पवन नेपाल, प्रेम बहादुर केसी, प्रेमराज पौडेल, बुद्धिबहादुर राना, भरतप्रसाद लम्साल, भूमिबहादुर गुरुङ, यामबहादुर गुरुङ, राजु थापा र श्रीराम उपाध्याय खुला तर्फबाट कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .