राजनीति


कांग्रेस बटेश्वर गाउँपालिका सभापतिमा महतो निर्वाचित

कांग्रेस बटेश्वर गाउँपालिका सभापतिमा महतो निर्वाचित

शैलेन्द्र महतो
मंसिर ७, २०७८ मंगलबार १८:४३, काठमाडौँ

नेपाली कांग्रेस धनुषा बटेश्वर गाउँपालिकाको पालिका सभापतिमा रामचन्द्र महतो निर्वाचित भएका छन्। सर्वसम्मतिबाट अधिवेशन हुन नसकेपछि मंगलवार सभापतिका लागि निर्वाचन भएको थियो। 

निर्वाचनमा ७८ मत खसेकोमा महतो ६१ मत ल्याएर महतो सभापतिमा विजयी भएका हुन्। सभापतिका अर्का उम्मेदवार दिपलाल साहले १५ मत ल्याए। २ मत बदर भएको मतदान अधिकृत शिवकरण यादवले जानकारी दिए। 

उनका अनुसार उपसभापतिद्वय रामवरण यादव र सर्याकारक सुडि, सचिवमा पुष्पलाल महतो र राकेश कुमार यादव र सह सचिवमा रामेश्वर पंजियार र लक्ष्मण महतो कोइरी सर्वसम्मत रुपमा चयन भएका छन्। 

३२ सदस्य पालिका कार्यसमितिका लागि प्रत्यक्षतर्फ ५ महिलासहित १० पुरुष र समानुपातिक तर्फ १० जना सदस्य चयन गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .