राजनीति


प्रदेश २ सरकारद्वारा मधेशी सहिद प्रतिष्ठान गठन, सहिद परिवारका चारजना नियुक्त

प्रदेश २ सरकारद्वारा मधेशी सहिद प्रतिष्ठान गठन, सहिद परिवारका चारजना नियुक्त

शैलेन्द्र महतो
मंसिर ९, २०७८ बिहिबार १४:४८, काठमाडौँ

प्रदेश २ सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको छ। मधेश आन्दोलन, जनयुद्ध र जनआन्दोलन लगायतमा सहिद भएकाका परिवार तथा घाइतेहरूको हकहितको लागि सरकारले मधेशी सहिद प्रतिष्ठान गठन गरेको हो।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले प्रतिष्ठानमा दुईजना मधेश आन्दोलन र जनयुद्धका दुई दुईजना सहिद परिवारका सदस्य गरी चारजनालाई नियुक्त गरेको छ। 

मधेश आन्दोलनका सहिद परिवारबाट सर्लाहीका रामनरेश राय यादव र महोत्तरीकी सिम्पी कुमारी साहलाई नियुक्त गरेको छ। यस्तै, जनयुद्धका सहिद परिवारबाट सप्तरीकी कविता कुमारी ठाकुर र रौतहटका सुरेन्द्र जयसवाललाई नियुक्त गरिएको हो। 

चारजना सहिद परिवारबाट सदस्य नियुक्त भएकाहरुलाई बिहीबार एक कार्यक्रमबीच प्रतिष्ठानका अध्यक्ष समेत रहेका आन्तरिक मामिलामन्त्री भरत प्रसाद साहले प्रमाणपत्र प्रदान गरेका छन्।

मधेशी सहिद प्रतिष्ठान निर्देशिका २०७७ र पहिलो संशोधित २०७८ बमोजिम प्रतिष्ठानमा ११ सदस्य रहने व्यवस्था छ। जसमा आन्तरिक मामिलामन्त्री अध्यक्ष, सहिद तथा घाइते परिवारबाट चारजना सदस्य र मुख्यमन्त्री कार्यालय लगायत ६ मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ। 

प्रमाणपत्र प्रदान गर्दै मन्त्री साहले सहिद र घाइतेलाई परिचयपत्र वितरण, घाइतेलाई उपचार र तिनका छोराछोरीलाई छात्रवृत्ति लगायतको व्यवस्था अविलम्ब गर्न प्रतिष्ठानका नवनियुक्त सदस्यहरुलाई निर्देशन दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .