ad ad

राजनीति


‘स्थानीय तह चलायौँ, अब पार्टी चलाउँछौँ’

‘स्थानीय तह चलायौँ, अब पार्टी चलाउँछौँ’

कृष्ण बहाब
मंसिर ९, २०७८ बिहिबार १८:२, काठमाडौँ

प्रदेश १ मा एउटा मात्र पालिकामा महिला प्रमुख छन्। एमालेबाट झापाको कमल गाउँपालिकाबाट मेनुका काफ्ले एक्लो गाउँपालिका अध्यक्षको रुपमा निर्वाचित भइन्। उनलाई जिताउन उनको भोटसँगै भाग्यको पनि बलियो साथ थियो।

कांग्रेसबाट उमेदवार बनेका हुकुमसिंह राईको र काफ्लेको मत बराबर थियो। दुवैले ८२७५ मत पाएपछि गोला तानेर काफ्ले विजय भएकी थिइन्।

भाग्य र भोट दुवैले साथ दिएको एक्लो महिला गाउँपालिका प्रमुख काफ्ले एमालेको आसन्न महाधिवेशनमा केन्द्रीय सदस्यको दावेदारी प्रस्तुत गर्ने बताएकी छन्।

गाउँपालिका महासंघको राष्ट्रिय उपाध्यक्षसमेत रहेकी काफ्लेले महिला तर्फबाट केन्द्रीय सदस्यको दावेदारी दिने बताएकी हुन्।

त्यसैगरि इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमले पनि केन्द्रीय सदस्यमा दावेदारी दिने भएकी छिन्। प्रदेश १ मा जनप्रतिनिधि समेत रहेका महिला महाधिवेशन प्रतिनिधिहरुसँगको सम्पर्कको क्रममा गौतमले उम्मेदवारी दिने बताएकी छिन्।

इटहरीका मेयर द्वारिकलाल चौधरीले समेत केन्द्रीय सदस्यको दावेदारी दिने बताएसँगै उपप्रमुख गौतमले समेत उम्मेदवारी दिने बताएकी हुन्।

धरान उपमहानगरकी उपप्रमुख मन्जु भण्डारीले भने महाधिवेशनको अवस्थालाई हेरेर उम्मेदवारी दिने बताउँछिन्। सुनसरी १ बाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेकी भण्डारी पार्टीमा सहमति गराउने भन्दै व्याक भएकी थिइन्।

भूगोलबाट व्याक भए पनि केन्द्रीय कमिटीले मनोनीत गर्ने ५ प्रतिशत मनोनीतमा भने भण्डारी अटेकी थिइन्।

‘नेतृत्वले आवश्यकता ठानेर प्रतिनिधि मनोनीत गरेको छ, अब केन्द्रीय सदस्य बन्नु पर्यो भन्यो भने उम्मेदवारी दिन्छु अहिले नै तयारी भने छैन।’

भण्डारीसँगै मनोनीत भएकी दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी पनि नेतृत्वले आवश्यकता ठानेमा केन्द्रीय सदस्यको दावेदारी दिने बताउँछिन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .