राजनीति


लोसपाको अवरोधबीच प्रदेश २ मा दुई अध्यादेश पेश

लोसपाको अवरोधबीच प्रदेश २ मा दुई अध्यादेश पेश

शैलेन्द्र महतो
मंसिर २९, २०७८ बुधबार १७:१८, काठमाडौँ

प्रदेश २ को प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का सांसदले प्रदेश सभाको बैठक अवरुद्ध गरेका छन्।

बुधबार दिउँसो बसेको आठौं अधिवेशनको पहिलो प्रदेशसभा बैठकमा सरकारले दुईवटा अध्यादेश पेश गरेपछि लोसपाका सांसदले बैठक अवरुद्ध गरेका हुन्।

प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रदेश कृषि विश्वविद्यालय अध्यादेश, २०७८ र प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश, २०७८ पेस गर्न खोज्दा लोसपाले बैठक अवरुद्ध गरेको थियो।

सभामुख सरोज यादवले सामाजिक विकासमन्त्री साहलाई प्रदेश सभामा अध्यादेश पेश गर्न अनुमति दिनासाथ लोसपाका प्रमुख सचेतक परमेश्वर साहले विरोध जनाए। त्यसपछि लोसपाका सांसदहरु उठेर बैठक अवरुद्ध गरे। 

साहले अध्यादेशमार्फत सरकार चल्न नसक्ने र यो अध्यादेश प्रदेश सभालाई छलेर अधिवेशन अन्त्य गरी ल्याइएकोले गैरसंवैधानिक रहेको बताए।

विरोधपश्चात् सभामुख यादवले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।

पुन: बसेको बैठकमा समाजिक विकासमन्त्री साहले दुई अध्यादेश पेश गरेका हुन्। बैठक पुस ८ गतेसम्मका लागि स्थगित भएको छ।

लामो समयदेखि प्रदेशसभा बैठक स्थगित हुँदा सरकार कानुन बनाउन छाडेर अध्यादेशको सहाराले आफ्नो गतिविधि अगाडि बढाइरहेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .