प्रतिनिधिसभाको बैठकमा आज पनि ‘लाइभ स्ट्रीमिङ’ (प्रत्यक्ष प्रशारण) प्रभावित भएको छ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीका अनुसार प्राविधिक समस्याका कारण सदनको लाइभ स्ट्रीमिङ प्रभावित भएको हो।
यही असार १८ गते बसेको बैठकमा पनि प्राविधिक समस्या देखिए पनि बैठकको प्रत्यक्ष प्रशारण भएको थिएन।
प्रतिनिधिसभाको बैठक अहिले जारी छ। तर संघीय संसद् सचिवालयको वेबसाइटबाट प्रतिनिधिसभा बैठकको प्रत्यक्ष प्रशारण भएको छैन।
12
Shares

प्रतिक्रिया