राजनीति


कांग्रेस महामन्त्रीमा हार्नासाथ मीनेन्द्र रिजालले किन दिए रक्षामन्त्रीबाट राजीनामा? (पत्रसहित)

कांग्रेस महामन्त्रीमा हार्नासाथ मीनेन्द्र रिजालले किन दिए रक्षामन्त्रीबाट राजीनामा? (पत्रसहित)

नेपालखबर
पुस १, २०७८ बिहिबार १६:३४, काठमाडौँ

नेपाली कांग्रेसको महामन्त्री पदमा हार्नासाथ डा. मीनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन्। 

महामन्त्री पदको मत परिणाम सार्वजनिक हुनासाथ रिजालले बिहीबार अपराह्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष राजीनामापत्र बुझाएका हुन्। 

उनले त्यसमा महामन्त्रीको मत परिणामले पार्टीमा आफ्नो आधार अत्यन्त संकुचित भएको स्पष्ट भएकाले रक्षामन्त्री पदमा बसिरहनु नैतिक रूपमा ठीक नहुने उल्लेख गरेका छन्।

केही बेरअघि सार्वजनिक मतपरिणामअनुसार कांग्रेस महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। 

विजयीद्वय गगनकुमार थापाले ३ हजार २३ र विश्वप्रकाश शर्माले १९८४ मत ल्याए।

शेरबहादुर देउवा पक्षका उम्मेदवारद्वय प्रकाशशरण महतले १५५६ र प्रदीप पौडेलले १३९३ मत ल्याए।

त्यसपछि मीनेन्द्र रिजाल छन्। उनले ८०९ ले मत ल्याए भने सबैभन्दा कम राजाराम कार्कीले १०६ मत मात्र ल्याए।  

विजयी दुईमध्ये थापा शेखर कोइराला र शर्मा प्रकाशमान सिंह प्यानलबाट उठेका थिए। पराजित रिजाल पनि शेखर प्यानलकै उम्मेदवार थिए। 

हेर्नुहाेस् रिजालकाे राजीनामापत्र-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .