राजनीति


कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे विजयी, कर्णालीका मुख्यमन्त्री शाही पराजित

कांग्रेस सहमहामन्त्रीमा बद्री पाण्डे विजयी, कर्णालीका मुख्यमन्त्री शाही पराजित

फाइल तस्बिर


नेपालखबर
पुस २, २०७८ शुक्रबार १६:५१, काठमाडौँ

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पिछडिएको क्षेत्र समूहबाट सहमहामन्त्रीमा बद्री पाण्डे निर्वाचित भएका छन्।

पाण्डेले कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शेरबहादुर देउवा प्यानलका जीवनबहादुर शाहीलाई पराजित गरेका हुन्। 

शेखर कोइराला समूहबाट उम्मेदवारी दिएका पाण्डेले २४११ मत ल्याउँदै जित दर्ता गराएका हुन्। 

देउवा प्यानलका शाहीले २१३३ मत ल्याउन सफल भएका छन्। उता चेतराज बरालले ९९ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ।

योसँगै कोइराला प्यानलबाट सहमहामन्त्रीमा दुई जना विजयी भएका छन्।

यसअघि दलितको क्लस्टरबाट जीवन परियार विजयी भइसकेका छन्। मतगणना भइरहेका मधेशी र थारु क्लस्टरमा पनि देउवा समूहका उम्मेदवारको अग्रता छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .