राजनीति


कांग्रेस महाधिवेशन : १३४ पदमध्ये अहिलेसम्म ६२ जना विजयी (नामसहित)

कांग्रेस महाधिवेशन : १३४ पदमध्ये अहिलेसम्म ६२ जना विजयी (नामसहित)

नेपालखबर
पुस ६, २०७८ मंगलबार ८:५०, काठमाडौँ

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मत गणना अन्तिम चरणमा पुगेको छ। 

कांग्रेस केन्द्रीय कार्यालय (सानेपा) मा जारी मतगणनाअन्तर्गत अब ७२ केन्द्रीय सदस्यको टुंगो लाग्न बाँकी छ। 

सोमबार महिला केन्द्रीय सदस्य ९ जनाको नतिजा सार्वजनिक भएसँगै कांग्रेसका १३४ पदमध्ये पदाकिारीदेखि केन्द्रीय सदस्यसम्म ६२ जनाको टुंगो लागेकाे हाे। 

कांग्रेस निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठका अनुसार प्रदेश १ र ३ को मत गणना पनि लगभग सकिएको छ, त्यसको अन्तिम नतिजा आज सार्वजनिक गर्ने तयारी छ। प्रदेश २ काे भने नतिजा आइसकेको छ।

यस हिसाबले अब गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशतर्फका केन्द्रीय सदस्यको मत गणना गर्न मात्र बाँकी रहेको जानकारी उनले मंगलबार बिहान नेपालखबरलाई दिए। 

यस्तै दलित, मुस्लिम, आदिवासी जनजाति, थारूतर्फका केन्द्रीय सदस्यको पनि नतिजा सार्वजनिक हुन बाँकी छ।  

‘अब आज बाँकीको मतगणना गरिन्छ’, श्रेष्ठले भने।

अहिलेसम्म कांग्रेसको केन्द्रीय समितिमा को को आए?   

पदाधिकारी १३ जना

सभापति : शेरबहादुर देउवा 

उपसभापति :  पूर्णबहादुर खड्का र धनराज गुरुङ

महामन्त्री : गगन थापा र विश्वप्रकाश शर्मा

सहमहामन्त्री : महालक्ष्मी उपाध्याय, जीवन परियार, भीष्मराज आङ्देम्बे, फर्मुल्लाह मन्सुर, किशोरसिंह राठौर, महेन्द्र यादव,  उमाकान्त चौधरी र बद्री पाण्डे

खुलातर्फ ३५ केन्द्रीय सदस्य

 

महिला केन्द्रीय सदस्य ९  जना
१. डिला संग्रौला

२. पुष्पा भुसाल 

३. डा. आरजु राणा

४. अम्बिका बस्नेत 

५. ईश्वरी न्यौपाने 

६. सरिता प्रसाईं 

७. रमा कोइराला पौडेल 

८. सुशीला ढकाल आचार्य 

९. रंगमती शाही 

प्रदेशबाट २ बाट केन्द्रीय सदस्य ३ जना
१.आनन्दप्रसाद ढुंगाना (निर्विरोध)

२.  रमेश रिजाल (निर्विरोध)

३. चित्रलेखा यादव (महिलातर्फ विजयी) 

पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य १ जना
१. अर्जुनजंग बहादुर सिंह

अपांगतातर्फ केन्द्रीय सदस्य १ जना
१. मदनकृष्ण श्रेष्ठ 

कांग्रेसको १४औं महाधिवेशन गत मंसिर २४ गते शुक्रबार काठमाडौंको भृकुटीमण्डमा उद्घाटन गरिएको थियो। त्यही दिन राति बन्दसत्र सुरु गरिएको कांग्रेस महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि सोमबार निर्वाचन गरिएको थियो। तर त्यस चुनावमा सभापतिका पाँच उम्मेदवार (शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशनमान सिंह र कल्याण गुरुङ) कसैले पनि ५१ प्रतिशत ल्याउन नसेकपछि कांग्रेसको विधानअनुसार सबैभन्दा बढी मत ल्याउने पहिलो र दोस्रो क्रमशः देउवा र कोइरालाबीच पुनः मंगलबार चुनाव गरिएको थियो।

भृकृटीमण्डपमै गरिएको मतगणनाको नतिजाअनुसार देउवा दोस्रो कार्यकालका लागि कांग्रेसको सभापतिमा विजयी भए। सभापतिबाहेक पदका मत भने कांग्रेस केन्द्रीय कार्यालय (सानेपा) मा भइरहेको हो।

निर्वाचनबाट सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री तथा खुला केन्द्रीय सदस्य ३५ , महिला ९, प्रत्येक प्रदेशबाट ३ जनाका दरले २१, दलित ९, आदिवासी–जनजाति १५, खस–आर्य १३, मधेसी ९, थारू ४, मुस्लिम ३, पिछडिएको क्षेत्रबाट १, अल्पसंंख्यकबाट १, अपांगताबाट १ सदस्य गरी कूल १३४ जना चुनिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .