राजनीति


प्रदेश २ को नामकरणसम्बन्धी चार प्रस्ताव पेस

प्रदेश २ को नामकरणसम्बन्धी चार प्रस्ताव पेस

शैलेन्द्र महतो
पुस ८, २०७८ बिहिबार १६:१२, काठमाडौँ

प्रदेश २ को प्रदेशसभा बैठकमा नामकरणका लागि चारवटा प्रस्ताव पेस भएका छन्। 

बिहीबार बसेको प्रदेशसभा बैठकमा  ‘मधेस प्रदेश’, ‘जानकी’,  ‘मध्यमधेस’ र ‘मिथिला भोजपुरा’ गरी चारवटा नामका लागि प्रस्ताव पेस भएका हुन्। 

सत्तारुढ दल जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले अलगअलग रुपमा ‘मधेस प्रदेश’ नाम प्रस्ताव गरेका छन् भने यसमा प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेको छ।

जसपाका तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादवले नामकरण प्रस्ताव पेस गरेका हुन्। प्रस्तावमा लोसपाका तर्फबाट प्रदेश सांसद रानी शर्मा तिवारीले समर्थन गरेकी हुन्।

यस्तै माओवादी केन्द्रका तर्फबाट भरतप्रसाद साहले नामकरणसम्बन्धी प्रस्ताव पेस गरेका छन्। 

त्यस्तै अर्का सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पार्टीका तर्फबाट प्रदेशको नाम ‘जानकी प्रदेश’ प्रस्ताव पेस गरिएको हो। एकीकृत समाजवादी पार्टीका तर्फबाट कानुन तथा प्रदेश मामिलामन्त्रीले सो प्रस्ताव पेस गरेका छन्। 

कांग्रेसले ‘मिथिला भोजपुरा’ नामको प्रस्ताव पेस गरेको छ। कांग्रेसका तर्फबाट सांसद शिवचन्द्र चौधरीले प्रस्ताव पेस गरेका हुन्। कांग्रेसकै प्रदेशसभा सदस्य राजेश्वरप्रसाद साहले ‘मध्य मधेस’ प्रदेश प्रस्ताव पेस गरेका छन्। 

एमालेका ७ जना प्रदेश सांसदमध्ये एकजना पनि उपस्थित नभएकाले सो दलबाट नामको प्रस्ताव आज पेस हुन सकेन।

सभामुख सरोज यादवले शारदा थापाले नामकरण सम्बन्धमा पेस गर्ने भनिएको प्रस्ताव कार्यसूचीबाट हटाइएको जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .