राजनीति


कांग्रेस प्रदेश २ मा देउवा प्यानलको अग्रता

कांग्रेस प्रदेश २ मा देउवा प्यानलको अग्रता

शैलेन्द्र महतो
पुस ९, २०७८ शुक्रबार १४:३८, काठमाडौँ

नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्वका लागि जारी मतगणनामा देउवा पक्षकै प्यानलले अग्रता कायम गरेका छन्।

सभापति पश्चात् बिहानैदेखि जारी पदाधिकारीको मतगणनामा देउवा पक्षका उम्मेदवारहरु नै अगाडि छन्।

पछिल्लो मतपरिणाम अनुसार सभापतिमा विजयी देउवा पक्षका कृष्ण यादव प्यानलबाट उपसभापतिका उम्मेदवारद्वय वीरेन्द्र प्रसाद सिंह ३७० मत र चन्देश्वर प्रसाद यादवले ३२१ मत ल्याएका छन्।

यस्तै, निधि पक्ष अर्थात सभापतिमा पराजित रामसरोज यादवको प्यानलबाट उपसभापतिका उम्मेदवार द्वय विनोद कुमार खनालले २७६ र धनलाल ठाकुरले २४७ मत ल्याएका छन्।

त्यस्तै, प्रदेश महामन्त्री पदमा देउवा पक्षका उपेन्द्र कुमार यादव ३५६ र बृहस्पति कृष्ण श्रेष्ठले ३७० मत प्राप्त गरेका छन्।

निधि पक्षका महामन्त्री पदका उम्मेदवार नरेश कुमार यादवले ३०७ मत र हरेश प्रसाद महतोले २४९ मत प्राप्त गरेका छन्।

खुल्ला सहमहामन्त्री तर्फ देउवा पक्षका जयनारायण यादवले ३०७ मत र परशुराम चौधरीले पनि ३०७ मत प्राप्त गरेका छन्।

निर्वाचन समितिका अनुसार महिला सहमहामन्त्री तर्फ पनि देउवा पक्षकै उम्मेदवारहरू अगाडि रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .