ad ad

राजनीति


शेखरलाई पेल्ने देउवाको नीति, वरीयतामा सुनिल थापाभन्दा पछाडि राखियो

शेखरलाई पेल्ने देउवाको नीति, वरीयतामा सुनिल थापाभन्दा पछाडि राखियो

फाइल फोटो


नेपालखबर
पुस १५, २०७८ बिहिबार १८:३५, काठमाडौँ

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा नेताहरुको वरीयता तोकेका छन्।

उनले आफूसँग हारेका डा.शेखर कोइरालालाई २०औँ नम्बर वरीयतामा राखेका छन्। 

कांग्रेसले १४ औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमितिमा निर्वाचित सबै नेताको वरीयता तोकेर सार्वजनिक गरेको हो।

देउवाले शेखरलाई भन्दा अगाडिको वरीयतामा राप्रपा छाडेर कांग्रेसमा पूर्वसहमहामन्त्री सुनिल थापालाई राखेका छन्।

यसअघि सभापतिमा हार्ने उम्मेदवारलाई दोस्रो-तेस्रो वरीयतामा राखिन्थ्यो। तर देउवाले शेखरलाई पेल्ने नीति लिएका हुन्। 

यसअघि १०औँ महाधिवेशनमा सभापतिमा हारेका देउवालाई तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले तेस्रो वरीयता दिएका थिए। 

कांग्रेस फुटेपछि भएको ११औँ महाधिवेशनमा हारेका देउवालाई त्यसबेला दोस्रो वरीयता दिइएको थियो।

त्यस्तै १२ औँ  महाधिवेशनमा सुशील कोइरालासँग हार्दा पनि देउवाले दोस्रो वरीयता पाएका थिए।

१३ औँ महाधिवेशनमा सभापति भएका देउवाले आफूसँग हारेका रामचन्द्र पौडेललाई दोस्रो वरीयता दिएका थिए। 

शेखर १३ औँ महाधिवेशनमा लोकप्रिय मतसहित विजयी हुँदा पनि उनलाई देउवाले ३६ औँ वरीयता दिएका थिए। 

चौधौँ महाधिवेशनमा कोइरालाले सभापति पदका लागि ४० प्रतिशत मत ल्याएका थिए। तर देउवाले उनलाई वर्तमान पदाधिकारी र पूर्व पदाधिकारीभन्दा पछि पारेका हुन्। 

 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .