ad ad

राजनीति


एमाले अधिवेशन : केन्द्रले गैँडाको मस्कट बनाउँदा सुनसरीमा अर्नाको पोस्टर

एमाले अधिवेशन : केन्द्रले गैँडाको मस्कट बनाउँदा सुनसरीमा अर्नाको पोस्टर

कृष्ण बहाब
पुस १५, २०७८ बिहिबार २०:६, इटहरी

कुनै बेला पाकिस्तान, चीन, नेपाल, भारत, भुटान र म्यानमारका केही भूभागमा एकसिंगे गैंडा पाइन्थ्यो। तर,अहिले एकसिंगे गैँडा पाउने देशको संख्या खुम्चिएको छ।

अर्थात्, अहिले लोपोन्मुख एकसिंगे गैँडा विश्वको २ देश नेपाल र भारत मात्रै हुन्। भारतको काजिरंगा राष्ट्रिय निकुञ्ज र नेपालको चितवन राष्ट्रिय निकुञ्ज एकसिंगे गैँडाका प्रमुख वासस्थान हुन्।  

२०७७ को गणनाअनुसार नेपालमा ७५२ एकसिंगे गैँडा थिए। नेपालमा ठूलो भौगोलिक क्षेत्र भए पनि भारतमा यसको सङ्ख्या त्यस्तो उल्लेखनीय छैन। विश्व वन्यजन्तु कोषका अनुसार भारतका अनुसार सन् २०२० मा भारतमा ३६०० को सङ्ख्यामा मात्रै एकसिंगे गैँडा थिए।

त्यही लोपोन्मुख एकसिंगे गैँडाको मस्कट नेकपा एमालेले चितवनमा सम्पन्न दशौँ राष्ट्रिय महाधिवेशनको लोगोमा प्रयोग गरेको थियो। 

चितवन महाधिवेशनमा गैँडाको मस्कट प्रयोग गरेर वातावरणीय चिन्तन देखाएको देखाएको दाबी एमालेको थियो । 

त्यही प्रयोगलाई निरन्तरता दिँदै सुनसरी एमालेले जिल्ला अधिवेशनको आधिकारिक पोस्टरमा अर्नाको तस्बिर प्रयोग गरेको छ।

एमाले सुनसरीको सातौँ अधिवेशनमा कोशीटप्पुमा मात्र पाइने बुबालिस जातको अर्नाको पोस्टर प्रयोग गर्ने निर्णय गरेको अधिवेशन प्रचार समितिका संयोजक लोकेश निरौलाले बताए।

सुनसरी, सप्तरी र उदयपुरमा फैलिएको कोशीटप्पु अर्ना जोगाउन २०३२ सालमा स्थापना गरिएको थियो। स्थापनाका बेला ६३ वटा रहेको कोशी टप्पुमा अहिले अर्ना बढेर ४९८ पुगेका छन्।

पुस २३ र २४ गते हुने जिल्ला अधिवेशनको जानकारी दिने क्रममा बिहीबार आयोजित पत्रकार सम्मेलनमा एमाले जिल्ला अध्यक्ष खेमराज पोख्रेलले पोस्टर सार्वजनिक गरे।

सदमुकाम इनरुवास्थित खेलमैदान (जेल फिल्ड) मा हुने अधिवेशनमा २ हजार बढी प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने एमालेले जनाएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .