राजनीति


लोसपाका श्यामसुन्दर सरदार उम्मेदवारी दिनबाट बञ्चित

लोसपाका श्यामसुन्दर सरदार उम्मेदवारी दिनबाट बञ्चित

उम्मेदवारी दिनबाट बञ्चित श्यामसुन्दर, हातमा कागज समातेका ।


शैलेन्द्र महतो
पुस २०, २०७८ मंगलबार १८:५०, काठमाडौँ

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश २ बाट उम्मेदवारी दर्ता गर्न गएका लोकतान्त्रिक समाजवादी दलका श्यामसुन्दर सरदार उम्मेदवारी दिनबाट बञ्चित बनेका छन्। 

उनी उम्मेदवारी दर्ता गराउन पुगे पनि आर्थिक लाभ लिने पदमा कार्यरत रहेको र प्रदेश सभाको समानुपातिक तर्फको बन्द सूचीमा उनको नाम रहेकाले उनी उम्मेदवार बन्‍न नसकेको प्रदेश २ का निर्वाचन अधिकृत पुष्पा झाले जानकारी दिइन्।

सप्तरीको कञ्‍चनरुप निवासी सरदार प्रदेश २ सरकारले २०७८ फागुन ६ मा गठन गरेको दलित विकास समितिका सदस्य समेत हुन्। उनले सो समितिबाट आर्थिक लाभ लिइरहेका छन्। 
राष्ट्रिय सभा निर्वाचन निर्देशिकामा आर्थिक लाभको पदमा रहेका व्यक्तिले उम्मेदवारी दिन नपाउने व्यवस्था छ। 

श्यामसुन्दर सरदार उम्मेदवारीबाट बञ्चित भएपछि प्रदेश २ मा राष्ट्रियसभाको २ पदका लागि ४ दलबाट ५ जनाको उम्मेदवारी परेको छ। 

प्रदेशमा पाँच दलीय गठबन्धन, एमाले र लोकतान्त्रिक समाजवादी दलबीच चुनावी प्रतिस्पर्धा हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .