प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले राष्ट्रका नाममा सम्बोधन गर्दैछन्।
दिउँसो ३ बजे सुरु हुने भनिएको प्रधानमन्त्रीको सम्बोधन अपरान्ह ४ बजे मात्रै सुरु भएको हो।
प्रधानमन्त्रीको सचिवालयले यसअघि दिउँसो ३ बजेदेखि प्रधानमन्त्रीको सम्बोधन हुने बताएको थियो।
देश कोरोना महामारीको चपेटामा परिरहेको अवस्थामा प्रधानमन्त्रीले सम्बोधन गरेका हुन्।
उनले स्थानीय तथा संघीय निर्वाचन गर्नेबारे छलफल चलिरहेका बेला सम्बोधन गरेका हुन्।
प्रधानमन्त्रीको सम्बोधनपछि आजै अपरान्ह ५ बजे पाँच दलीय गठबन्धनको बैठक पनि बस्ने भएको छ।
अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक बस्दै छ।
भिडिओ
108
Shares
प्रतिक्रिया