ad ad

राजनीति


राष्ट्रिय सभा निर्वाचन: मधेश प्रदेशमा मतदान स्थल अगाडि झडप

राष्ट्रिय सभा निर्वाचन: मधेश प्रदेशमा मतदान स्थल अगाडि झडप

शैलेन्द्र महतो
माघ १२, २०७८ बुधबार १०:२२, काठमाडौँ

मधेश प्रदेशको राष्ट्रिय सभा निर्वाचनको मतदान स्थल अगाडि सिके राउत नेतृत्वको जनमत पार्टीका नेताकार्यकर्ता र प्रहरीबीच झडप भएको छ। 

 ‘पहिला किसानलाई मल देउ, त्यसपछि मतदान गर ’ भन्दै जनमतका नेता कार्यकर्ता बिहानैदेखि प्रदर्शनमा उत्रेका छन्। 

जनकपुरधाम स्थित महेन्द्रनारायण निधि प्रतिष्ठानको भवनमा निर्वाचन हुनुपूर्व जनमतका नेता कार्यकर्ता लाठीभाटासहित प्रवेश गर्न खोजेपछि झडप भएको हो। 

सो क्रममा प्रहरीले केही सेल अश्रुग्यास पनि प्रहार गरेको छ। प्रहरीले ६ सेल अश्रुग्यास प्रहार गरेको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिए। अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त छ। 

यो पनि हेर्नुहोस्- राष्ट्रिय  सभा निर्वाचन: मधेश प्रदेशमा २ पदको लागि मतदान सुरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .