ad ad

राजनीति


मधेश सरकारले फागुन १ गते पहिलोपटक जनयुद्ध दिवस मनाउने, सार्वजनिक विदा घोषणा

मधेश सरकारले फागुन १ गते पहिलोपटक जनयुद्ध दिवस मनाउने, सार्वजनिक विदा घोषणा

शैलेन्द्र महतो
माघ २८, २०७८ शुक्रबार १९:५३, काठमाडौँ

मधेश प्रदेश सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाउने भएको छ। 

आगामी फागुन १ गते मधेश प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन लागेको हो। 

आगामी फागुन १ गते परेको जनयुद्ध दिवसको अवसरमा प्रदेश सरकारले सार्वजनिक विदाको समेत घोषणा गरेको छ।  

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार साँझ एक विज्ञप्ति जारी गरी फागुन १ गते आइतबार सार्वजनिक विदा दिएको जानकारी गराएको छ। 

आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरत प्रसाद साहले विज्ञप्ति जारी गर्दै जनयुद्ध दिवसको अवसरमा आइतबार मधेश प्रदेशमा सार्वजनिक विदा दिएको जानकारी गराएका हुन्। 

उनी नेकपा माओवादी केन्द्रबाट मधेश सरकारमा मन्त्री छन्। 

तत्कालीन विद्रोही नेकपा (माओवादी) ले सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा प्रत्येक वर्ष फागुन १ गते माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ। 

मधेश सरकारले जनयुद्ध दिवसको अवसरमा मधेशका प्रत्येक जिल्लाका ५ जना जनयुद्धका सहिदका परिवारलाई जनही एकलाख रुपैयाँ आर्थिक सहायता समेत उपलब्ध गराउने तयारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .