ad ad

राजनीति


आजको एमाले संसदीय दलको बैठकले के निर्णय गर्ला?

आजको एमाले संसदीय दलको बैठकले के निर्णय गर्ला?

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०७८ सोमबार ११:४२, काठमाडौँ

सत्तारुढ तीन दलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (सोमबार) आयोजना गरेको संसदीय दलको बैठक सुरु हुन ढिलाइ भएको छ। 

बिहान ११ बजेका लागि बोलाइएको बैठकमा अध्यक्ष केपी शर्मा ओली अझै पुगेका छैनन्। 

‘दलको बैठक बस्न अझै २० मिनेट बढी लाग्छ‘, एमाले दलका प्रमुख सचेतक विशाल भट्टराईले नेपालखबरसँग भने, ‘सर्वाेच्च अदालतका ४ न्यायाधीशमाथिको महाभियोग दर्ताबारे त्यही बैठकले निर्णय गर्नेछ। अहिलेसम्म दर्ताबारे कुनै निर्णय भएको छैन। बाहिर आएका हल्ला मात्र हुन्।’ 

दलको बैठकमा सबै विषयमा छलफल हुने उनले बताए। 

सर्वाेच्चका चार न्यायाधीशविरुद्ध महाभियोग लगाउने तयारीमा एमाले

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .