नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहायता सम्झौता एमसीसी पास भएपछि गुनासो पोखेका छन्।
माओवादी केन्द्रको समेत समर्थनमा एमसीसी पास गरेपछि उनले व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छरिएको बताएका छन्।
'अन्तत व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसदबाट अनुमोदन गराई छाडे', उनले भनेका छन्, 'आमदेशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन्।'
उनले राष्ट्रिय सार्वभौमिकताको रक्षाका लागि जुट्न पनि भनेका छन्। 'सम्पूर्ण देशभक्त शक्तिहरु एकताबध्द होऔँ', उनले भने, 'नेपालको राष्ट्रिय सार्वभौमिकता,स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौँ।'
456
Shares

प्रतिक्रिया