ad ad

राजनीति


माओवादीबाट निर्वाचित मेयर उपमेयर नै एमालेमा प्रवेश

माओवादीबाट निर्वाचित मेयर उपमेयर नै एमालेमा प्रवेश

रंगेलीका मेयरलाई एमालेमा स्वागत गर्दै अध्यक्ष केपी शर्मा ओली। तस्बिर : केपी ओलीको सचिवालय


कृष्ण बहाब
फागुन २५, २०७८ बुधबार १५:५९, काठमाडौँ

नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा (एमाले)मा प्रवेश गरेका छन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमा आयोजित एक कार्यक्रमबीच मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमार खनाललाई पार्टी प्रवेश गराएका हुन्। 

एमालेका मोरङ अध्यक्ष ऋषिकेश पोखरेलले मेयर, उपमेयरसहित सयौं जना पार्टी प्रवेश गरेको दाबी गरे।

त्यसैगरि माओवादीबाटै निर्वाचित २ वडाध्यक्ष समेत एमालेमा प्रवेश गरेका छन्। रंगेली नगरपालिका वडा नम्बर ७ का अध्यक्ष रामचन्द्र मण्डल र वडा नम्बर १ का महेशकुमार खनाल समेत एमालेमा प्रवेश गरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .