अष्ट्रेलिया भ्रमणमा रहेका नेकपाका केन्द्रीय सदस्य युवराज चौलागाईले सोसलिष्ट अलाइन्स अष्ट्रेलियाका अध्यक्ष सुसन प्राइससँग भेटावार्ता गरेका छन्।
शनिबार चौलागाईले सोसलिष्ट अलाइन्सको केन्द्रीय कार्यालय माउन्टेन हिल सिड्नीमा अध्यक्ष प्राइससँग भेटवार्ता गरेका हुन्। भेटको क्रममा नेपालमा नेकपा एकता र सरकार गठनप्रति अध्यक्ष प्राइसले बधाई दिएका छन्।
भेटवार्तामा पार्टी एकता र नेपाल सरकारका एजेण्डा, अष्ट्रेलियाका नेपाली, वातावरण परिवर्तन लगायतका विषयमा करिब डेढ घण्टा छलफल भएको छ।
नेकपा र सोसलिष्ट एलायन्स पार्टीबीच सम्बन्ध विकासका हिसवाले भेटवार्ता महत्वपूर्ण रहेको चौलागाईले बताए।
यसअघि चौलागाई नेपालका अतिथिको रुपमा अष्ट्रेलियाको राजधानी एडिलेडको चालु संसदको बजेट अधिवेशन अवलोकन गरेका थिए। त्यहाँ उनले संसदको माथिल्लो सदनका नेता तथा पूर्व सभामुख एवं अष्ट्रेलियन लेबर पार्टीका नेता माननीय रसेल वर्टलीसँग भेटघाट गरेका थिए।

प्रतिक्रिया