राजनीति


एमालेमा नवप्रवेशीलाई मेयरको टिकट : नेपालगञ्जमा मिश्र, रंगेलीमा बगडिया

एमालेमा नवप्रवेशीलाई मेयरको टिकट : नेपालगञ्जमा मिश्र, रंगेलीमा बगडिया

फाइल तस्बिर


नेपालखबर
चैत २९, २०७८ मंगलबार १४:३४, काठमाडौँ

नेकपा एमालेले भर्खरै पार्टी प्रवेश गरेकाहरूलाई पालिकाको टिकट दिन थालेको छ।

एमालेले मोरङ र बाँकेमा नवप्रवेशीहरुलाई मेयरको टिकट दिने निर्णय गरेको हो।

स्थानीय नगर कमिटीहरुले मोरङ र बाँकेमा दुईजना नवप्रवेशीहरुलाई मेयरको टिकटका लागि जिल्ला कमिटीलाई सिफारिस गरेका हुन्। 

एमालेले नेकपा माओवादी केन्द्रबाट प्रवेश गरेका मोरङको रंगेली नगरपालिकाका मेयर दिलीप बगडियालाई त्यहीँ मेयरको उम्मेदवार बनाउने निश्चित भएको छ। 

२०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मेयरमा विजयी बगाडिया गत फागुन २५ गते एमालेमा प्रवेश गरेका थिए। 

एमाले अध्यक्ष केपी शर्मा ओली रंगेली पुगेर बगाडियालाई पार्टीमा स्वागत गरेका थिए। बगाडियालाई एमाले रंगेली नगर कमिटीले सर्वसम्मत मेयरको उम्मेदवारका लागि सिफारिस गरेको हो।

एमाले मोरङका अध्यक्ष ऋषिकेश पोखरेलले रंगेलीमा बगडिया, धनपालथान गाउँपालिकामा अध्यक्षका लागि मुसहरु मण्डलको नाम सिफारिस भएको छ। 

२०७४ को निर्वाचनमा रंगेलीमा एमाले तेस्रो भएको थियो। यस्तोमा माओवादीबाट विजयी बगाडियालाई अब त्यहाँ जित निकाल्नुपर्ने चुनौती आएको छ। 

नेपालगञ्जमा मिश्र 

एमालेले उता बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको मेयरमा पार्टीका केन्द्रीय सदस्य पशुपतिदयाल मिश्रलाई अघि सारेको छ।

नेपालगञ्ज नगर कमिटीको सोमबारको बैठकले मिश्र र ढकाललाई मेयर-उपमेयरमा सर्वसम्मत सिफारिस गरेको हो। 

मिश्र एमालेबाटै नेपालगञ्जमा मेयरको उम्मेदवार उठ्ने शर्तसहित हृदयश त्रिपाठीको स्वतन्त्र समूहबाट एमालेमा आएका थिए। 

मिश्र २०७४ सालको संघीय संसद निर्वाचनमा एमालेको सूर्य चिह्नबाट बाँके क्षेत्र २ मा उठेका थिए। तर त्यहाँ उनी पराजित भए। 

कांग्रेसको पृष्ठभूमिका मिश्र २०६३ को जनआन्दोलनपछि भएको मधेशमा आन्दोलनयता तराई-मधेस लोकतान्त्रिक पार्टी थिए।

त्यसपछि उनी राष्ट्रिय जनता पार्टी गठन हुँदा हृदयश त्रिपाठीसँगै थिए।

एमालेले मेयरमा नवप्रवेशीलाई टिकट दिन लाग्दा उपमेयरमा शान्ति ढकाललाई उठाउने भएको छ। उनी २०७४ को निर्वाचनमा पराजित भएकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .