राजनीति


सरकारबाट बाहिरिने विषयमा छलफल गर्न समाजवादी पार्टीले बोलायो पदाधिकारी बैठक

सरकारबाट बाहिरिने विषयमा छलफल गर्न समाजवादी पार्टीले बोलायो पदाधिकारी बैठक

नेपालखबर
मंसिर ७, २०७६ शनिबार ७:१३,

अध्यक्ष उपेन्द्र यादव भारतबाट फर्केपछि समाजवादी पार्टीले पदाधिकारी बैठक बोलाएको छ। शनिबार अपरान्ह ४ बजे बस्ने बैठकमा सरकारमा बस्ने वा बाहिरिने भन्नेबारे छलफल हुनेछ।

प्रधानमन्त्री केपी ओलीले बुधबार मन्त्रिपरिषद् पुनर्गठन गर्दै समाजवादीका नेताहरुलाई मन्त्रिपरिषद्बाट हटाउनुका साथै अध्यक्ष यादवको मन्त्रालय समेत फेरिदिएका थिए। उनलाई कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

समाजवादीका नेता स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई पनि प्रधानमन्त्री ओलीले हटाएका थिए।

 केन्द्रीय अध्यक्ष यादव भारतमा रहेको र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई गोरखामा रहेका कारण समाजवादीले अहिलेसम्म सरकारबारे धारणा बनाउन नसकेको उपाध्यक्ष नवराज सुवेदीले जानकारी दिए। 

समाजवादी पार्टीमा अहिले सरकारमा रहने कि बाहिरिने भन्ने विषयमा अन्यौल देखिएको छ। केही नेताले अब सरकारमा बस्न नहुने बताउँदै आएका छन् भने केहीले राजपा सरकारमा जाने अवस्थामा सरकार छोड्न नहुने तर्क गर्दै आएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .