खेल


सन्यास फिर्ता लिने घोषणा गरेका मेवेदरले यूएफसी र एमएमए खेल्ने

सन्यास फिर्ता लिने घोषणा गरेका मेवेदरले यूएफसी र एमएमए खेल्ने

नेपालखबर
मंसिर ७, २०७६ शनिबार ६:५५,

बक्सिङमा कहिल्यै पराजित नभएका ४२ वर्षीय वेदरले इन्स्टाग्राममा आगामी वर्ष सन्यास फिर्ता लिने बताउँदै अल्टिमेट फाइट च्याम्पियनसीप यूएफसी र मिक्स्ड मार्सल आर्ट्स एमएमए खेल्ने संकेत गरे।

मेवेदरले आफ्नो खेल जीवनमा ५० बक्सिङ खेल खेलका छन्। जुनमा उनी कहिल्यै हारेनन्। उनले इन्स्टाग्राममा यूएफसी खेलका प्रमुख डाना ह्वाइटसँगको फोटो पोस्ट गर्दै आफूले यूएफसी र एमएमए खेल्ने जानकारी गराएका छन्।

सन् २०१७ मा यूएफसी लाइटवेट च्याम्पियन्स कनर मकग्रेगरलाई बक्सिङमा पराजित गरेपछि मेवेदरले खेलबाट सन्यासको घोषण गरेका थिए।

उनीहरुबीच यूएफसीमा रिम्याच हुने कुरा थियो। तर खेल अहिलेसम्म हुन सकेको छैन।

हालको सन्यास फिर्ताको घोषणाले मकग्रेगर र मेवेदरबीच रिम्याच हुन्छ भन्ने अनुमान गरिएको छ।

केही महिना अगाडि बक्सिङका अर्का च्याम्पियन म्यानी प्याकियोले पनि मे वेदरलाई बक्सिङ रिङमा भिडौं भनेका थिए। एजेन्सी

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad