ad ad

राजनीति


अन्तत: अटेरीका गनेसले पाउने भए लौरो चुनाव चिह्न

अन्तत: अटेरीका गनेसले पाउने भए लौरो चुनाव चिह्न

फाइल फोटो


वाशुदेव मिश्र
बैशाख १७, २०७९ शनिबार १९:१४, पोखरा

अटेरी अभियानका तर्फबाट पोखरा महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गनेस पौडेलले अन्तत: ‘लौरो’ चुनाव चिह्न पाउने भएका छन्। 

 निर्वाचन आयोगले लौरो चुनाव चिह्न खोसेको भन्दै शनिबार उनी र उनका समर्थक आन्दोलित भएका थिए।

निर्वाचन आयोगले पोखरा महानगरका लागि लौरोसहितको मतपत्र छाप्ने निर्णय गरेसँगै यो विवाद पनि सल्टिएको छ। आयोगको यो निर्णयले लौरोसहित चुनाव प्रचार थालिसकेका गनेसले नैतिक जित निकालेका छन्। 

निर्वाचान आयोगले अटेरीका उम्मेदवारहरुलाई ‘लौरो’ चुनाव चिह्न दिएर पनि प्राविधिक कारण देखाउँदै खोसेको आरोप थियो।

आयोगले मतपत्रको आठौँ नम्बरमा लौरो रहेको बताउँदै पोखरामा स्वतन्त्रबाट सातजना मात्रै उम्मेदवार भएकाले त्यो चिह्न दिन नसकिने जनाएको थियो।

लौरो खोसिएपछि अटेरी अभियान निर्वाचन कार्यालय घेर्न पुगेको थियो। 

स्थानीय तह निर्वाचन निर्देशिका २०७८ स्थानीय तह निर्वाचन निर्देशिकाको अनुसूची २७ मा दिइएको चुनाव चिह्नमा सातौंमा गुलाफको फूल थियो भने आठौंमा लौरो छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .