ad ad

राजनीति


अब गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुन्छ : देउवा

अब गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुन्छ : देउवा

शैलेन्द्र महतो
बैशाख २४, २०७९ शनिबार १७:५, जनकपुरधाम

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनविरुद्ध बोल्नेलाई पनि कारबाही हुने चेतावनी दिएका छन्। 

शनिबार पाँच दलीय गठबन्धनले जनकपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनविरुद्ध नबोल्न सचेत गराएका हुन्। 

‘गठबन्धनविरुद्ध उम्मेदवारी दिने र बोल्नेका  लागि पार्टीमा कुनै स्थान छैन’, देउवाले भने, ‘कारबाही गरेर निकाल्छौं।’ 

‘गठबन्धनको पक्षमा माहोल छ, चितवनमा विपक्षमा पनि बोल्नेहरु हावा खाइसके’, उनले भने, ‘अब झण्डा बोकेर हिँड्छन् , कुनै समस्या छैन।’

यस्तै प्रधानमन्त्री देउवाले अब नागरिकताको समस्या पनि समाधान हुने आश्वासन दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .